बाडुलीले पिछा गर्यो तिम्ले सम्झियौ कि
बार्दलीमा काग कराउँछ खबर पठायौ कि
फरफरायो देब्रे आँखा भेट हुन हो कि
बाँचेकै छु छातीभित्र तिम्रो तस्बीर बोकी
प्राण छउन्जेल आस हुन्छ बाटो हेरिराछु
जसो तसो आजसम्म सास फेरिराछु
कोरी राख चट्ट सिउँदो मैले सिन्दुर लाउँला
प्रतीक्षाको मिठो फल लुकी लुकी खाउँला
बिमल गौतम
मोरंग, हाल साउदी अरेबिया

बाडुलीले पिछा गर्यो तिम्ले
बाडुलीले पिछा गर्यो तिम्ले सम्झियौ कि
बार्दलीमा काग कराउँछ खबर पठायौ कि
फरफरायो देब्रे आँखा भेट हुन हो कि
बाँचेकै छु छातीभित्र तिम्रो तस्बीर बोकी
ati uttam bimal jee, bhawanaako yasari nai sirjanaa hos,, shubhakaamana.