भन्दिन म आँसु पिई पलपल काटेको छु
धुजा धुजा परेको मुटु कसरि बाटेको छु
दिलको पीडा सागरसरी बिसाउँ कहाँ गई
नयनको चिसो लुकाई सबलाई ढाटेको छु
नआउ फेरी आंधी भई उडाउन मलाई
तिमीबिना रात अब आधा काटेको छु
तिमीलाई के पुगेन खै सबथोक दिंदा
पीडासंग सस्तो मोलमा खुसि साटेको छु
नआओस तिम्रो याद रातभर बिझाउन
तिम्रा याद झार्नलाई मुटु झाटेको छु
एउटा घाऊ भए पो त मलम लगाउनु
भो उपचार चाहिदैन पुरै फाटेको छु
