हृदयको खाली ठाउँमा तिम्रो माया भरेकी छु
आजभोलि घर छोडी तिम्रो दिलमा सरेकी छु
माया मलाई गर्ने भए चिठी लेखी पठाउनु
दोबाटोमा पाइला पर्दा दोधारमा परेकीछु
नभुल्नु है कसम खा’को बाँच्ने मर्ने सधैं सँगै
म त तिम्रो आँखाबाट हृदयमा झरेकी छु
दाँया आँखा फर्फरायो आउँछौ कि झैं लाग्यो आज
त्यसैले त फूल टिपी बाटोभरि छरेकी छु
अतीतलाई सम्झी ल्याउँदा मन उँड्छ बादल सरी
लुकी लुकी तिमलाई सम्झी एक्लै हाँस्ने गरेकी छु

wa kya sundar chha
wa kya sundar chha soch………………………………………………………………..??????????????
gajal ma matra ho ki sachai ho???????????????????????
bujhna maile sakenachhu????????????
अरे साथी तपाइको मायालुको हृदय
अरे साथी तपाइको मायालुको हृदय कति ठुलो यार तपाई बस्न सक्ने त्यत्रो छ भने त तपाइलाई त मोज हुने भयो नि महंगीमा घर बनाउनु पर्दैन l