साईनो हाम्रो टुटेपनी भेट हुँदा हासिदिनु
मेरा सबै सम्झना लाई उस्कै सामु फासी दिनु
आउचित्यनै के रह्योर बिगत का ती सङ्कल्पको
हामिबिचको सम्बन्धको प्रमाण सबै मासिदिनु
जिन्दगीको कुनै मोडमा सन्का उसले गर्यो भने
छाती चिरी मुटु बीच उसको तस्बिर टासी दिनु
सोचेजस्तो सधै उस्तै हुदैन है जिन्दगी मा
विश्वाशको डोरी छिन्यो भने प्रितले गासी दिनु
माया गरि तिमीलाई मुटु बीच लुकायेथ्ये
त्यो नै भुल थियो भने एक्पल्ट माफि दिनु
योग राज
हाल दुबइ
