Skip to content

फुकाइदेउ गाठो अब

कति राख्छौ मन बाधि फुकाइदेउ गाठो अब
तिम्रो मेरो सिमाना को भत्काइदेउ आठो अब

तिम्रो आस कल्पना मा कैले सम्म तद्पिनेमा
सुटुक्क त्यो मन मा पस्ने देखाई देउ बाटो अब

चहाना र हासो खुशी सुख दु:ख बाट्दै साट्दै
सुरु गरौ जिन्दगी को एउटा छुत्तै पाटो अब

पहिला जस्तो छैन अब हाम्रो देश हाम्रो गांउ
हटी सक्यो काट्मार झगडा र फाटो अब

फर्की आउ मिठो नमिठो आटो पिठो खाउला यतै
जोगाउनु छ बचाउनु छ आफ्नै देश को माटो अब

योगराज

2 thoughts on “फुकाइदेउ गाठो अब”

Leave a Reply

Your email address will not be published. Required fields are marked *