हुन्न भनी टार बरु किन दिन्छ्यौ पीडा
चट्टै चुँडी मार बरु किन दिन्छ्यौ पीडा
धेरै जित्यौ होला तिम्ले पिरतीका खेलहरू
मै लिनेछु हार बरु किन दिन्छ्यौ पीडा
दुख, पीडा सहुँला म रोएरै भए पनि
हर्षका आँसु झार बरु किन दिन्छ्यौ पीडा
रमाऊ तिमी आफ्नै खुशियाली रमझममा
‘सागर’ एक्लो पार बरु किन दिन्छ्यौ पीडा
– सिताराम आचार्य ‘सागर’

धेरै जित्यौ होला तिम्ले
धेरै जित्यौ होला तिम्ले पिरतीका खेलहरू
मै लिनेछु हार बरु किन दिन्छ्यौ पीडा…….
चट्टै चुँडी मार बरु किन दिन्छ्यौ पीडा
वाह वाह ! उत्कृष्ट लाग्यो तपाईंको गजल “सागर” जि
धन्यवाद मित्र गजल हेरिदिनु
धन्यवाद मित्र गजल हेरिदिनु भयकोमा आउदा दिनहरुमा पनि साथ दिनुहोला