Skip to content


आहा ! मेरो देश नेपाल
सुन्दर शान्त विशाल ।

यही जन्मिन् भृकुटी
यही जन्मिन् सीता
एकीकरणका पवर्तक ती
पृथ्वीनारायण हुन् पिता ।

पूर्व मेची महाकाली
सिमाना भो नेपालको
छिमेकीको मुलुकमाथि
छायाँ पर्ने भो हिमालको ।

असङ्ख्य छन् वन्यजन्तु
दुर्लभ छन् पक्षी
हात्ती हिँड्यो लमकलमक
मयुर हिँड्यो ढल्की ।

लालीगुराँस सुनाखरी
ढकमक्क फुलेका
खेतबारी कान्लाभरि
बालीनाली झुलेका ।

पहाड हेर्दा भीरपाखा
तराई समथर
उब्जनीको भण्डार हो यो
नेपाल हाम्रो घर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *