Skip to content


आफ्नो कुटिल तुच्छ स्वार्थ फेक्छौ कहिले?
भन मलाई  संबिधान  लेख्छौ  कहिले ?

सधैं  आफूलाई  मात्र  हेर्ने  नजरले
काकाकुल  जनतालाई  देख्छौ  कहिले ?

महंगी  अभाव  हाहाकार  जताततै
भन समस्यको सुनामी छेक्छौ कहिले ?

अरु कै इसारामा  उठबस छ तिम्रो
सार्बभौम आफ्नो खुट्टाले टेक्छौ कहिले ?

हिजो लागेका जनताको घाउचोटमा
मलम पट्टी गरी अब सेक्छौ कहिले?

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *