Skip to content

मेरो माया

मेरो माया शायद तिमले नक्कली पो ठान्यौ
मैले भन्ने बात शायद बनावटी पो मान्यौ

अझै पनि तिमीलाई यो मनमा सझाको छु
मेरा सारा कथा शायद बक्बास भन्ने जान्यौ

सोचेको थें तिमीलाई मन कै रानी बनाउने
२दिन टाडा हुँदै तिमले संका मनमा बान्यौ

छुने छुइन तिमीलाई यो मन ले मागे पनि
अंगालो मा बाध्छौ भन्दा झटारो पो हान्यौ

तिमी लाई त जीवन भन्थे जति टाडा भए पनि
जति दुर जान खोज्छु उती नजिक तान्यौ

गजल
योग राज
दुबइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *