Skip to content

सुन्नु छैन कुरा तिम्रो

सुन्नु छैन कुरा तिम्रो अर्कैकी म भइ सके
जन्म घर छोडी मैले कर्म घर गईसके

झुठो कसम खायो तिमले मन मा अर्कै राखी
तिम्रो लागि सयौ चोटि तद्पिएर रोइसके

तिम्रो प्रेमको रिरुवा लाई तिमी आफै गोड्मेल गर्नु
तिम्रो प्रेम यो मन बाट सधैं को लागि धोइ सके

दुनियाँको के कुरा र आफ्नु मनै नभए पछि
तिमलाई साथ दिन्न भनि देउराली छोइसके

फुल फुलाई घर सजाइ मलाई रुआउने सुर नगर
तिम्रो त्यो आँखा बाट अन्तिम पटक चोइ सके
“योग राज”
हाल, दुबइ
yograj_8967@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *