शीतले पनि किन किन पोल्छ आगो सरि
बोली बचन मधुर त्यो लाग्छ राँको सरि
साथ छँदा तिम्रो हात पियारले सलबलाएको
बिछोडमा सम्झी आज लाग्छ खागो सरि
बर पीपलको छहारीले पोल्छ किन खडेरी झैँ
विरहमा झर्छ आँसु लाग्छ कोही छैन सरि
साथ दिन्छु भन्थे सबै हुँदा खेरि सम्पतिमा
दु;ख पर्दा छैनन् कोही लाग्छ संसार कहर सरि
लखनपुर ३ झापा, नेपाल
