Skip to content


हे मेरी आमा नरुनु होला नयन झारेर
काखको छोरो परदेश जाँदा भक्कानो पारेर
दुई छाक खान एकसरो लाउन मुस्किल भयो नि
दशैंमा लिएको साहुको ऋण बढेर गयो नि

आमालाई चोली पटुकी साडी किनेर लाइदिने
सपना जस्तो भयो नि आमा मन केले बुझाउने
नामर्द छोरो भएर मैले सकिन बस्नलाई
दुई पैसा कमाई साहुलाई बुझाई सक्छु कि हास्नलाई

भनेर आमा आएको मत अर्काको माटोमा
जहाँ गए पनि महंगी उस्तै आलु र आटोमा
धकफुकाई खाई रमाउ भने उस्ताको उस्तै हो
गरीबको जीवन जहाँ गए पनि हे आमा यस्तै हो,

लगाई श्रम बग्गाए पसिना यहीं (नेपालमा) मोती फल्दछ
देशको माटो आमाको माया जोगाउनु पर्दछ
कुपुत्र छोरो नसोच आमा जोस र जागंर छ
आमाको मुहार हसाउन बरु बलिदान गर्दछ

जहिले पनि त्यहीं मुहार आउछ आँखामा झल्झली
बिदाइ क्षण आमाको आँसु पसिना खलखली
लगाउन टिका आमाका हात पुर्याउदा निधार
झल्झली त्यहीं सम्झन्छु आमा के गर्नु सम्झेर ?

परदेशबाट सोधनी गर्छु फोनबाट बारम्बार
हाल र खबर पीर ब्याथा के छ भनेर तारम्तार
यी साना नानी आमाका काख छोडेर जाँदैछु
आमाको माया देशको माटो भुल्दिन भनी कसम खाँदैछु

लखनपुर ३ झापा, नेपाल,

Leave a Reply

Your email address will not be published. Required fields are marked *