आइ पुग्यो माघे सन्क्राती मकर नुहाउन जानै सकिन
माघ भरि यो शरीर मा पानी छुवाउनै सकिन
चलन हो तिल्का दाउरा बाली आगो ताप्ने
तर मैले आगो बाली घर धुवाउनै सकिन
फलहार खानु पर्ने फुर्सद छैन तरुल खन्न
नखनेर घर तरुल लाई कुवाउनै सकिन
सेल रोटी फुरौला पकाउनुपर्ने रे बेलुका
महङ्गी नै यति बड्यो की तेल चुहाउनै सकिन
परिवार रमाउछन होला सन्क्राती मान्ने भन्दै
नमानेर बाल बच्चा लाई रुहाउनै सकिन
प्रेम
दुबइ
