Skip to content


वल्लो डांडा पल्लो डांडा बज्यो बाँसुरी
छम छम नाचन मेरी मारुनी
फरिया र चौबन्दीमा सजिएर आज
नाची देऊ न मारुनी आँगनको माझ
लाखै लाख कमाउदै छन् हाम्रो नामबाट
किर्ते काइते गर्नेलाई खेद्यौ गाउँबाट ,

बाँसुरीको धुनै राम्रो मादलुको तालमा
भेरी भेट हुन्छ हुन्न अब आउने सालमा
हिमालको हिउ राम्रो बिहानीको घामले
देशको मुहार फेर्नु पर्छ हेर साथी हाम्ले
लाखै लाख कमाउदै छन् हाम्रो नामबाट
किर्ते काइते गर्नेलाई खेदयौ गाउँबाट

आऊ साथी गाउँघरका सबै मिलेर
चेतनाको ज्योति बालौं गाउ डुलेर
स्कुल नगई बसेकालाई स्कुल पठाउन
हजुरआमा,आमाहरुलाई साक्षर बनाउन
लाखै लाख कमाउदै छन् हाम्रो नामबाट
किर्ते काइते गर्नेलाई खेदयौ गाउबाट

उठौ सबै चेतनाको ज्योति बालेर
अन्धबिस्वास कुविचार सबै फ्याकेर
देशको मुहार अब हाम्ले फेर्नु पर्छ
ठुला ठालु फटाहालाई घेर्नु पर्छ है
लाखै लाख कमाउदै छन् हाम्रो नामबाट
किर्ते काइते गर्नेलाई खेद्यौ गाउबाट

1 thought on “बज्यो बाँसुरी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *