मुना मदन जस्तो हुन्छ सच्चा प्रेम हेर निरु
साच्चै सच्चा प्रेम भए कहिल्यै जान्न खेर निरु
एकोहोरो थियो कि माया नत्र कि फेरिन्थ्यो र
बस्तीहरू चहार्न छोडी उसकै घर घेर निरु
सोधेको भए हुन्थ्यो तिमीले बोलेर समीपमा
जिउ सुक्छ सन्तापले पिर नगर धेर निरु
देख्न पाए मर्थे भन्छौ मर्ने भए किन हेर्नु
पहिल्यै भन्न सक्नुपर्थ्यो तिमीले गर्यौ बेर निरु
फूलहरू सुके होलान् माली अन्त सरेपछि
गोड मेल गर्न सक्छु होला बरु माली फेर निरु
