गीति कविता तिर्थ (यात्री)पौडेल
चौतारीमा नबसेको धेरै भयो सानु सित
एकै छिन आउन बसै गास्यौ माया प्रित
तिम्रो मात्र झझल्को सताउछ घरि घरि
मृदु मुस्कान कोकिल कण्ठ सुन्छु वरिपरी ,
फूलहरु सर्माउछ्न तिम्रो रुप देखि
चन्द्रमा नि कुक्कु गर्छे बादलुले छोपी
सम्झनाको चिनो तिमीलाई जाले रुमाल
भ्रमरा छन् चारैतिर जोबन सम्माल,
यी हातले केशाराशी खेलाउने मन छ
माया गरि समिपमा बसाउने मन छ
निदाउन एकैछिन तिम्रो काख देउन
मेटाउन असिम प्यास मधु प्याला देउन ,
फुल लास्तो कन्चन छ तिम्रो जोवान
आउन सानु छेउमा मेरो नगरन दोमन
ओठ लाली कोरी बाटी आँखा गाजलु
दिलको ढोका उघार न मेरी मायालु ,
लखनपुर ३,झापा, नेपाल
