रुन्छ होला तिम्रो पनि मन स्मृतिहरू समेटेर
म पनि त अन्योलमा छु नि किनारहरू नभेटेर
वारिपारी बनाइदियो विवशताको भेलले
जंघार तरी आऊँ झैँ लाग्छ छालहरू नहेरेर
खाई कसरी पो काट्नु यी लामा रात अनि दिनहरू
सम्झनाले रुवाउछ संधै आऊँ कि म यादहरू लखेटेर
ब्यथा भई दु;ख्छ मुटु सम्झनाले बोलाउदा
सावन झैँ रुदै छु म परेलिले आँसु नछेकेर
गार्हो छ बाच्न एकला एक्लै फाटेको रुमाल लिई
स्मृति अमर रहेर के भयो र भौतिक शरीरहरू नदेखेर
मुटु एउटा भए पनि भए पनि विवशताले टाढा भयो
विधाताले भुल गर्यो हाम्रो मिलनहरू नदेखेर
पाँचथर ,हाल बहराइन
