भनिदेउ न कस्तो लाग्छ समुन्द्री छाल तिमीलाई
पर्खी बसेको छु भन्छ मझी दाईको जाल तिमीलाई
किन होला यो मझीको मन बुझ्न खोजेको
दिन दिनै बताइ रहेछु मेरो मनको हाल तिमीलाई
दोहोरीमा भाका फेरी छम्म छम्म नाच्नलाई
सजियर बोलाई रहेछ रारा ताल तिमीलाई
पुकार गर्छु पशुपती सोहेम्बु र दछिण्काली
हासी खुशी देख्न्न पाऊँ साल साल तिमीलाई
यो प्रेमको अशिस छ लाखौं बर्ष बाच्नु तिमी
लैजान नआवस् निस्ठुरी त्यो काल तिमीलाई
premqn.2007@yahoo.com
