Skip to content

५ हाइकु


पेटारे कोट
छट्के सलोट ठोक्ने
आर्मीको सान

रुन्चे नेताले
देशको लगाममा
हक जमायो

औषधी गर्दा
रुघाको बिमारले
बिमारी मर्यो

झाडा पखाला
रोक्न नसक्ने कस्तो
बदनाम यो

जङ्गल घुमी
नेपालको बुट्टिले
बिदेसी बाच्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *