Skip to content

नेपाल आमा

नेपाल आमा सधैं तिमीलाई हसेको देख्न्न पाऊँ
चार जातलाई एउटै मालामा गासेको देख्न्न पाऊँ

पुकार गर्छु पसुपती स्वयम्भु र गुम्बा माहा
सबैले तिमीलाई मुटुभित्र साचेको देख्न्न पाऊँ

मनकामना डक्षिणकाली फुल भेटि चढाउछु
दुस्मनलाई सधैं सधैं मासेको देख्न्न पाऊँ

मधेस पहाड थारु खुम्बुवान सबै एकजुटभइ
सयौ थुङ्गा फुलका माला गाउदै नाचेको देख्न्न पाऊँ

नाला पानी किल्लामा लडाईं गरि अग्रेजलाई जितेझै
नेपाल आमाको नाम चम्काइ बाचेको देख्न्न पाऊँ
premqn.2007@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *