तिमीले बाटो फेरेपछि मैले आफ्नो सुर गरें
अतितमा जो जे भए गल्ती सम्झी भुल गरें
तिमीसँग बिताएका रंगीन ती रातहरू
डोबहरू बाँकी नै छन् नमेटिएका मातहरू
मन मुटु साटे पनि थे’न साट्या भनी दिनु
जो जो भए जवानीमा बासना झैँ मानी दिनु
बिर्सिएर अतितलाई जाउ तिमी पराई घर
कहिले काँही यादहरूमा सम्झना चै तिमी गर
नचाहानु पर्थ्यो हेर चाहानालाई कस्ले रोक्ने
तिम्रो मन मोडिकन को हो हाम्रो बाटो छेक्ने
देउरालीका बाचा कसम कति चाडो झुटा भए
सँगै मर्ने सँगै बाँच्ने बाचा हाम्रा कता गए
नसोधेकै राम्रो तिमीले चौतारीमा मेरो हाल
कता लुकाऊ अब मैले तिमी सामु नयनताल
पैले तिमीले भुल गर्यौ साथ दिन्छु भनी मलाई
किन तिमीले बाटो फेर्यौ यो दिलमा राँको लगाई,
तिम्रो साथ तिम्रो हात छुट्यो अब मझेरीमा
वृन्दावन जान्छु कि त,कि त बस्छु अँधेरीमा
अजर अमर हुनलाई तिम्रो हात मागेको थिए
छोडी गयौ जाली माया बालुवाको माछो भएँ
लखनपुर ३ झापा,नेपाल
हाल: बहराइन
