गजल
तिर्थ(यात्री)पौडेल
जति दु;ख गरे पनि जलेन खै चुह्लो मेरो
बाढी आइ लागि दियो खेत माथिको कुलो मेरो,
आस्वसनका पोकाहरु थुप्रै ल्याए चुनाब ताका
आस्वसनले तालिएँन लाज देख्ने दुलो मेरो
दश नंग्रा खियाएर नै बित्ने भयो जिबन सारा
असल महान बन्ने सपना पालेको थियो ठुलो मेरो
आउदैन कि असार खै नाभिजाने भो गैरीखेत
हरियाली सबैतिर टारबारी धुलो मेरो ,
ढुंगो पकाई भुल्याई राखे खाना माग्दा नानीहरुलाइ
खान दिदा उनीहरुलाई बास्ताबिका खुलो मेरो,
लखनपुर ३ झापा,नेपाल,
हाल;बहराइन ,
