Skip to content

तिमी आउदा जीवनका रंगिन पल


तिमी आउदा जीवनका रंगिन पल सोचिरहेँ
हरियाली मधुमासका संगिन पल सोचिरहेँ,

खालि पाना मेरो हातको तिम्रो नामले भरिदिँदै
तिम्रै नाम जपीकन सुदिन पल सोचिरहेँ,

संगै जिउने बाचा कसम अनि तिम्रो न्यानो स्पर्श
एक हुने कल्पनामा नबिन पल सोचिरहेँ,

मेरो मन मन्दिरमा तिम्रै तस्बिर कैद गरि
तिमीलाइ नै हात दिन कन्चन पल सोचिरहेँ,

मेरो पहिचान तिमी सँगै जोदिएछ्न बिचारहरू
तिमी बिना सक्छु जिउन?एकिन पल सोचिरहेँ,

तिर्थ(यात्री)पौडेल
लखनपुर ३,झापा,नेपाल,
हाल;बहराइन,

Leave a Reply

Your email address will not be published. Required fields are marked *