Skip to content

हजुरलाई भेट्न भनी आएँ धाई-धाई


हजुरलाई भेट्न भनी आएँ धाई-धाई
किन हजुर देख्ना साथ मलाई बाई-बाई

तिमी पाए संसार जित्छु भन्नु हुन्थो पहिले
एकै छिन मौका दिन सक्नु हुन्न अहिले,

भ्रमराले फूल छोड्छ रस चुसेपछि
मलाई पनि छोड्नु भयो लुटी सकेपछि,

हजुरको नासो मेरो पेटमा बढेको छ
कहाँ जाऊँ कसलाई भनौ सार्यो परेको छ,

हजुर बाहेक संसारमा मेरो कोही छैन
होइन मेरो नभन्नु होस अन्त गाकी छैन,

हजुर बिना संसार यो लाग्छ मलाई कहर
हाँसी हाँसी पिउँछु हजुर पिलाउनु होस् जहर ,

लखनपुर ३ झापा, नेपाल
हाल: बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *