तिर्थ(यात्री)पौडेल
गजल
जनतालाई सिडी बनाइ माथि माथि चड्नेहरु
जनतालाई झुक्याएर झुटको खेति गर्नेहरु
खबरदार जनताहरु एक भइ जुटेका छन
जनतालाई चुनाबमा मात्र प्रयोग गर्नेहरु
डाडु पुन्यु हातमा हुँदा आफ्नाहरुकै थाल भरी
जनतालाई शक्ति लगाई सधै पछी सार्नेहरु ,
बुझेका छौ तिम्रो नीति दुष्ट नीति कुकर्मलाई
जनतालाई मंहगीको चिठ्ठा मात्र पर्नेहरु,
सुरक्षित आफु हुने दल बल अघि पछी
जनतालाई दुस्मन सम्झी काँडेतारले बार्नेहरु
खबरदार जनताहरु एक भइ जुटेका छन
जनतालाई चुनाबमा मात्र प्रयोग गर्नेहरु
लखनपुर ३,झापा,नेपाल
हाल;बहराइन,
