तिमी माया माया भन्छौ
देश दुखेको बेला
मलाई देश छाम्न देऊ
आँखा रुझेको बेला
देश नरहे हामी कहाँ रमाउने
देश बचाउन सके
माया मुटुमा सजाउने
मेची काली सुसेलामा
गाउन सक्नु पर्छ
अनि मात्र आधा दु;ख
मेरो देशको घट्छ
लुछ्न मात्र उदत्त छन
रक्षकका हातहरू
बचाउनु छ मेरो देश
देशकै लागि मर्छु बरु,
पराधीन हुन दिन्न
मेरी आमा नेपाल,
बिदेशीको बुट सहन्न
भन्छिन आमा हरपल
देशको माया गर्नेहरू
देश बचाउन उड
देशलाई मुटुभित्र
राख्नेहरू जुट
सच्चा देश प्रेम
देखाउने बेला यही हो साथी
सबै मिली उडाउनु छ
देशलाई माथि
हाम्रो पौरख हाम्रो गौरव
सगरमाथा सान
त्यस्तै उच्च राख्नु पर्छ
नेपालीले मान,
लखनपुर ३, झापा,नेपाल,
हाल: बहराइन,
