कति आसामा पर्खी बसुँ म कहिले आँखाले बोलाउँछौ तिमी
सोधु कसलाई यो बन्धन फुकाउन जति खोलुँ भन्छु उति बाँधिदिन्छौ तिमी
बानी भनु या बिडम्बना हो मुटु खोली खोली माया लुकाउने
छायाँ भो प्यारो त्यो पनि अँध्यारो कालो रातमा पनि माया सुसाउने
यी आँखा चिम्ले छोए झैं लाग्छ आँखा खोल्दा कहाँ छौ तिमी
सोधुँ कसलाई यो बन्धन फुकाउन जति खोलुँ भन्छु उति बाँधिदिन्छौ तिमी
न त रहर हो यो न पिरतीको शहर हो यो सधैं उज्यालो मात्र
तर म त यहाँ तिम्रै मायामा अनि चाहनामा भएँ सबैको हास्य पात्र
आऊ न समीपमा अब त सपनाबाट ओर्लेर तिमी
सोधु कसलाई यो बन्धन फुकाउन जति खोलुँ भन्छु उति बाँधिदिन्छौ तिमी
योग राज
