सम्झनामा आउँदा तिमी सम्झिएर लेखेँ गजल
सपनामा आउँदा तिमी बिउझिएर लेखेँ गजल
जसो तसो तीस हिउँद पन्साएर बसेको थे
एकतीसको बसन्तमै मातिएर लेखेँ गजल
बर्षा मासमा झरी परी खोला नाला रसाउदा
उर्लियेको भेला तर्दा चिप्लिएर लेखेँ गजल
बज्र पात झै भयो आज तिम्रा कटु बोली हरुले
तन, मन, मस्तिस्क, मन तातिएर लेखेँ गजल
हाइ हेल्लो भन्दै सोध्थ्यौ सधैं हाल खबर मेरो
जब दुरी बढ्दै गयो आतिएर लेखेँ गजल
योग राज
हाल
दुबइ
