Skip to content

नव-बर्ष तिमी आउँदा खुशी बुनी आऊ


नबबर्ष तिमी आउँदा खुशी बुनी आऊ
हत्या हिंसा बलात्कारको बाटो थुनी आऊ,

संबिधान बनाउन लागुन सारा मनहरू
संबिधान पूर्णताको माला उनि आऊ,

सानो ठुलो उँचो निचो नहुन कोही पनि
गरिब दु:खी भोकाहरूको कुरा सुनी आऊ,

कसो गर्दा समान हक भोग्न सबले पाउछन
त्यसै गर्ने असल असल बिचार गुनी आऊ,

उच्च अनि मान्य हुने शासन व्यबस्थाको
नबबर्ष यसपाली चै पक्कै चुनी आऊ,

लखनपुर ३, झापा, नेपाल,
हाल : बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *