सीताहरुको खडेरी छ, जानकीको देशमा हजुर
रावणहरू आउँछन् हर्न, रामचन्द्रको भेषमा हजुर,
द्रौपदीको बिगबिगी छ गाउँ शहर बजारमा
सत्य नष्ट गर्न खोज्छन जालन्धरको फेशमा हजुर,
बेरोजगारी बढेर यहाँ आक्रान्त छ देशै सारा
पैसा टिप्न जानेहरूको नि बेहाल छ बिदेशमा हजुर,
लुछाचुँडी काटाकाट मारामारी किन यहाँ
खाली हात नाग्लो अंग जानु पर्छ शेषमा हजुर,
लखनपुर ३, झापा, नेपाल,
हाल;बहराइन
