बर्ष दिनपछि आज फेरि नयाँ बर्ष आयो
कति कति दु:ख टरे फेरि आज हर्ष आयो
समयनै फेरिने हो कि अबको यो नयाँ सालमा
शुभ शान्ति हुन्छ होला अब त हाम्रो नेपालमा
बलिदान दिनेलाई सम्झिनु पर्छ हामी सबले
देसको बिकास गर्नेलाई सघाउनु छ हामी सबले
जहाँ भए नि देशको माया सधैं मनमा हुने गर्छ
दाजु भाईको झगडाले सबको मन रुने गर्छ
नेपाल आमाको माया गरौ सबै मिली एकजुट बनी
सुन फल्छ हाम्रै देशमा हृदयले जोते खने
सगरमाथाको सिर हाम्रो किन झुक्ने अरुको सामु
परिस्रमी पाखुरा छन् किन पर्यो मागी खानु
कोही हुन्न काख यहाँ कोही हुन्न पाखा अब
हामी सबै नेपाली हो कोही हुन्न जात अब
शुभ शुभ कामना छ सुस्वस्थ्य र दिर्घायुको
स्ववलम्बी बन्न सिकौ नाम राखौ पुर्खा हरुको
