Skip to content

हिटलरी शासन रोज्दैछन्


रूखको फेदमा बसेर
ब्रमाण्डको यात्रा तय गर्नेहरू
आज आकाशलाई परिक्रमा गरेर
पुनः पृथ्वीमा नै जन्म लिएका छन् ।

भौतिकवादका काल्पनिक सँसारमा
आध्यात्मिकतालाई पिण्ड चढाउनेहरू
वास्तुशास्त्रमा बजेट बिनियोजन गर्दै
रंगमञ्चबाटै पारित गर्दै छन् ।

घोडचढीको यात्राहरूबाट
भाला र तीरका लडाई लड्नेहरू
कलमी शीतकालिन युद्धहरूमा
बन्दुकका लडाई लड्ने सपनाहरू बुन्दैछन् ।

सँसार जित्छु भन्नेहरू
विजयको उत्सव मनाउन नसकेर
आत्मग्लानीले क्रुर बन्दै
पुनः हिटलरी शासण रोज्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *