तिर्थ(यात्री)पौडेल
गजल
जिउनु पर्ने दिनहरुमा मलाइ एक्लै पारी गयौ
भित्रि मनले खुचिंग भन्दै नयनजल झारी गयौ,
दु;ख कष्ट बोकेको छु नाम्लो लगाई शिरमाथि,
मेरा सारा खुशीहरु अन्त्यैतिर सारी गयौ,
तिमीले साथ छोडे पछी निदाएनन रातहरु
किन सानु निष्ठुरी भइ मलाइ जिउदै मारी गयौ,
पन्चे बाजा बजेकोथ्यो तिम्रो घरमा शंका लाग्यो
आए आँखा जुधे जब उसको सिन्दुर सयारी गयौ,
भाग्य खोटो मेरै रैछ पाए पछी गुमाउनु,
हेर्दै अनि सुक्सुकाउदै ज्यानलाई खोलो तारी गयौ,
लखनपुर ३,झापा,नेपाल,
हाल;बहराइन,
