शिशिरताको पवनमा तिमी आउ
मेरो मनको भवनमा तिमी आउ
पहिले जस्तै ढाँटेर हैन नि फेरी ..!
साँचोबोलि जवानमा तिमी आउ !!
मेरो मनको भवनमा तिमी आउ !!
बिगतिभो रुप मेरो,रुँदा-रुँदै आज !
यो झरी यो साउनमा तिमी आउ !!
मेरो मनको भवनमा तिमी आउ !!
बन्द आँखामा जसरी औथ्यो रातभरी !
त्यसरी नैखुल्ला नयनमा तिमी आउ !!
मेरो मनको भवनमा तिमी आउ !!
झुठो माया दिएर के माया लाउछौ !
पबित्रमाया साँचेर मनमा तिमी आउ !!
मेरो मनको भवनमा तिमी आउ !!
हाल-दोहा कतार
लम्जुंग सिम्पानी-९
