गरिबको झुपडीमा आगो बल्यो धप्प धप्प
अनायासै नयनाजल झरी गयो तप्प तप्प ,
महंगीले शिखर छोयो अत्याचारले सीमा नाघ्यो
आँसुसँग ढिंडो मुछी खानु पर्यो खप्प खप्प,
श्रम गर्ने श्रमजीवी नंग्रा ख्याउँछन् मरी मरी
महलमा ब्यासाहरूले बसी खाए लप्प लप्प,
आकास ओडी निदाउनु छ भोक खाई गरिबले
व्यन्जनसंग ठालुहरू चुस्छन फियो चप्प चप्प,
लखनपुर३, झापा, नेपाल,
