Skip to content

हुने भए छाती चिरी देखाउनेथ्ये मेरो माया

तिर्थ(यात्री)पौडेल
गजल
हुने भए छाती चिरी देखाउनेथ्ये मेरो माया
तिम्रो मनको किताबमा लेखाउनेथ्ये मेरो माया,

कुन भासामा भन्ने तिमीलाई कसो गरि देखाउ म
तिमिसाथमा भए देखि सेकाउनेथ्ये मेरो माया,

जोख्दाखेरि हुने भए तराजुमा राखिकन
एकातिर तिमि राखी जोखाउनेथ्ये मेरो माया,

मुरी मुरी हजार मुरी गर्छु माया तिमीलाई
भनि तिमीलाई छेउमा ल्याई बिसाउनेथ्ये मेरो माया,
लखनपुर ३,झापा,नेपाल,
हाल;बहराइन,

Leave a Reply

Your email address will not be published. Required fields are marked *