मारेर इछ्या, बाँच्नु कसरी ?
झारेर आसुँ, हाँस्नु कसरी ?
झरेको फूल, मैले टिपेर
उस्लाइ भनि, गाँस्नु कसरी ?
संगीत छैन, मीठो धुनको
मिलाइ ताल, नाँच्नु कसरी?
अधिर बन्छ, सँधै मन यो
खुशीको टीको, टाँस्नु कसरी?
सताइ रन्छ, मन पीडाले
दु:खको बाली, नास्नु कसरी ?
मे ७ /२०१०

gajal ramro lagyo prabhaa
gajal ramro lagyo prabhaa ji..