Skip to content


साना साना नानी हो
पढ्ने धेरै गरे है
धेरै धेरै पढेर
बुद्धिमानी बने है ।

आफूभन्दा ठूलालाई
गर्नुपर्छ मान है
सानासाना विद्यार्थीले
देऊ पढ्न ध्यान है ।

धेरै धेरै पढेर
ठूलो मान्छे बनेर
भविष्यका कर्णधार
बनी देश धाने है ।

तिमी ठूलो बनेमा
यो देश नै हाँस्ने छ
हाम्रै पाखा-पखेरा
गौरवले नाच्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *