Skip to content


घुम्दै, फिर्दै वैशाख नयाँ वर्ष आयो रे
लालाबाला सबैमा खुसियाली छायो रे ।
देशको कानुन, संविधान बनोस् नयाँ वर्षमा
अढाई कोटि नेपाली बाँचुन् शान्ति हर्षमा ।

हामी आफैँ गर्नुछ हाम्रो देशको विकास
बग्ने पानी बनाउँछ जस्तो आफ्नो निकास ।
पुतलीका हुलझैँ खेल्दै रम्दै बाँचाँै रे
चन्द्र, सूर्य झण्डाझैँ फरफरी नाचौँ रे ।

बेमेलका भावना टा…ढा प…र फाल्नुछ
एकताको दीयोमा गाढा बत्ती बाल्नुछ ।
परेवाको प्वाँखले दिगो शान्ति ल्याओस् रे
भाग्य कोर्ने योजना देशले अघि सारोस् रे ।

हिंसा कतै नदेखौँ नेपालको धर्तीमा
मुना, टुसा हाँसुन् रे हाम्रै पाखा पर्तिमा ।
सङ्लो आगत् देखौँ रेँ सुनकोसीको पानीझैँ
दूर दृष्टि राखौँ रे दुई-आँखाको नानीझैँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *