Skip to content

गजल “तिम्रै लागि”


परेलीका आँसु पिई तिम्रै लागि बाँची दिन्छु
खुसीहरू सजाएर तिम्रै लागि साँची दिन्छु।

तिमी हिड्ने बाटोभरि फूलै फूल सजाउँदा
बाटो छेक्ने काँडाहरू तिम्रै लागि भाँची दिन्छु ।

खुसीहरू टाढा हुँदा रिसाएर हामी देखी
दुख साटी हाँसोसँग तिम्रै लागि नाची दिन्छु ।

मिलनको संघारमा अंगालोमा तिमी हुँदा
धड्कनको चाल थामी तिम्रै लागि जाँची दिन्छु ।

मदन डुम्रे “बिद्रोही”

Leave a Reply

Your email address will not be published. Required fields are marked *