Skip to content


जीवनको एउटै सहारा आफ्ना पतिको कुनै भिडन्तमा भएको मृत्युपछि दुई-तीन वर्ष बिताइसकिन बिचार हरिमायाले, दाउराको भारी पिठ्युमा बोकेर बजारका होटेल-होटेल चाहरेरै पनि । यसै क्रममा आज पनि टाउकाको नाम्लाको पीडासंगै नाबालक भुन्टेलाई समाएर बाह्र बजेको टन्टलापुर घाममा घुम्दै छिन उनी सही बजारमा दाउरा बेच्नका लागि ।

उनी जुन-जुन होटलको अगाडी पुग्थिन, सायद भोकले पेट बटारेर होला भुन्टेले प्रस्न गर्थ्यो- “आमा त्यो समोसा कहिले खाने हामीले ?”

सान्त्वना दिदै उनले भन्थिन- “पख बाबु अहिले खाउलाँ” ।

अर्को होटेलमा पुग्दा तयारी दालभात तरकारी देखेर होला भुन्टेले पुन: प्रस्न गर्थ्यो – “आमा दिउसो भैसक्यो कहिले खाने त भात हामीले ?

“पख बाबु दाउरा बिक्यो भने एकछिनपछि खाउलाँ” उनले मन कुड्यार जवाफ फर्कौउथिन ।

यसरी नै भुन्टेले जे-जे देख्थ्यो प्रस्न गर्दै जान्थ्यो- “आमा, मलाई तपाईंले साइकल कहिले किनिदिने ? किनिदिन्छु भन्नु भाको हैन ?”

“आमा हामी यस्तै घरमा बस्न पाइदैन ? कहिले बनाउने नि हामीले यस्तै घर?”

सायद प्रश्नमाथिको प्रस्नहरूले अत्याएर होला गहभरि आँसु लिएर छोराका सबै प्रश्नहरूको जवाफ एकै पटकमा पोखिन उनले – “पख बाबु, पख मेरो छोरा, समय र भाग्यले फेरि पनि घात गरेन भने हामीले पनि यस्तै घर बनाउने ल अर्को जन्ममा।”

…बिचरा भुन्टे भने बिल्कुल अलपत्र थियो सायद अर्को जन्मको अर्थ नबुझेर होला ……।

rajufrn@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *