एकादेशमा एउटा बालक थियो । त्यसको नाम हरि थियो । उसका बुबाआमा ज्यालामजदुरी गर्दथे । केही समयपछि बुबाआमाको पनि मृत्यु भयो । घरमा ऊ एक्लै बस्दथ्यो ।
एकदिन हरिको घरमा एउटा अपरिचित व्यक्ति आयो । उसले हरिलाई म तिम्रो बुबाको साथी हुँ , तिम्रो अङ्कल म तिमीलाई सहर लगेर काम दिन्छु । तिमीले त्यहाँ मज्जाले बसेर खान पाउँछौ भन्यो । हरि त्यस अपरिचित व्यक्तिका कुरामा विभिन्न सपनाहरू देख्दै सहरतिर लाग्यो ।
टक्क बस रोकियो । त्यस बसबाट अङ्कल भनाउँदो अपरिचित व्यक्ति र हरि निस्के । त्यस व्यक्तिले हरिलाई एउटा कोठामा बसाल्यो र यहीँ बस भनेर उ त्यहाँबाट निस्क्यो । हरि पनि यो मान्छे कहाँ जाँदो रहेछ भनेर पछि लाग्यो । त्यो व्यक्ति एउटा ठूलो घरमा पुग्यो ।
अपरिचित व्यक्तिले एकजना आइमाईसँग कुरा गर्यो । हरिले तिनीहरूको कुरा सुन्यो । ऊ छाँगाबाट खसे झैँ भयो । किनकी तिनीहरू त बालक बेच्ने दलाल रहेछन् र त्यो व्यक्तिले हरिलाई त्यो मोटीआइमाईसँग बेचेको पो रहेछ ।
कुरा सुन्ने बित्तिकै हरि त्यहाँबाट भाग्यो । हरि सडकमा भौँतारिरहेको बेला एक मनिसले मेरो नाम धर्मबहादुर हो । मेरो एउटा अनाथ आश्रम छ । म तिमीलाई त्यहाँ लग्छु । तिमी जस्तै धेरै अनाथ बस्दछन् । भन्यो । हरिले “नाई म जान्न” भन्यो । धर्मबहादुरले मेरो विश्वास गर भन्यो । हरिले मनमनै एकचोटि गएर हेर्दैमा के जाला र भनेर ऊ धर्मबहादुरसँग गयो । नभन्दै त्यहाँ एउटा ठूलो बिल्डिङ थियो त्यहाँ हरि जस्तै अरू बालकहरू थिए ।
हरि त्यहाँ बसेर राम्रोसँग पढ्यो । डाक्टर बनेर धेरै पैसा कमायो । एउटा अनाथालय र वृद्धाआश्रम खोल्यो । पछि उसले राम्री केटीसँग विवाह गर्यो । यसरी उसले जीवन निर्वाह गर्यो ।
सृष्टि बि. रेग्मी, कक्षा ः १०
श्री त्रि.ज.उ,मा.वि. खलङ्गा, रुकुम ।

tapai ko katha suner akdam
tapai ko katha suner akdam kusi lagyo tapai katha choto mitho chha asarinai afno kalam lai nirantar dinu hola yo mro nurodh tapai ko lagi..