Skip to content

लामा लामा नङ् थिए त्यो मायाको हात मज्जा
मन्द मन्द मुस्कान थियो त्यो मायाको साथ मज्जा

जेन तेन अटाको थ्यो बाध्यतानी थियो तेस्तै
हलचल नि हुन नपाउने ती मान्छेको खात मज्जा

गुनगुनाउदै गर्थिन गित सुस्तरी त्यो हवासँगै
उही बेला थाहा पाए त्यो मायाको गाथ मज्जा

सामिप्यता हुदा पो त मनले चाडो सुन्दो रैछ
मनमनै बोली रहने त्यो मायाको बात मज्जा

एकोहोरो टोलाई रथिन गन्तब्यमा पुग्दा खेरी
याद मात्रै रहयो र नि त्योजुनेली रात मज्जा

Leave a Reply

Your email address will not be published. Required fields are marked *