Skip to content


देशलाई माया गर्नेले, आमालाई रुवाउँदैन
सच्चा देशभक्त बन्नेले, आमाको मन दुखाउँदैन ।

त्यही असल सपुत हो, जसमा नेपालीपन छ
उही नै सेवक हो देशको, जसमा नेपालीपन छ
मरिमेट्छ देशको लागि, पौरखी कर्मवीर बन्छ
पछि हट्दैन मर्नैपरे, रगत बगाउँछु भन्छ ।

हरदम अघि बढिरहन्छ, राष्ट्रियता जोगाउन
लागिरहन्छ निर्माणमा, देश सुन्दर बनाउन
आपसमा मेलमिलाप राख्नु राम्रो ठान्छ
आमाकै अर्ति मान्छ जसले आमाकै कुरा खान्छ ।

लोभलालचमा फसेर, स्वाभिमान बेच्दैन
राम्रो होस् भन्छ देश जनताको कुभलो सोच्दैन
इमानदारितापूर्वक जो आफ्नो दायित्व निभाउँछ
पसिना बगाई श्रमसिप, आफ्नै देशमा लगाउँछ ।

-पनौती, काभ्रे, इन्द्रेश्वर क्याम्पस

Leave a Reply

Your email address will not be published. Required fields are marked *