Skip to content

पिरतीको सुन्दर त्यो संसार तिमीले किन ढाल्यौ


पिरतीको सुन्दर त्यो संसार तिमीले किन ढाल्यौ
यो मुटुमा नबुझिने आगो तिमीले किन बाल्यौ

बिगतका बाचा कसम सँगै खाएका देउरालीमा
बिर्सिएर, रीस-राग तिमीले मनमा किन पाल्यौ।

छैन धनम सँग तिमीलाई पहिले भनेकै हुँ
प्रतिरोषको आगो बाली मेरो माया किन गाल्यौ ।

छोडिगयौ माया प्रीत संपतिको खेती लाउन
आफू चोखो शुद्ध हुन दोष मलाई किन हाल्यौ।

तीर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन

1 thought on “पिरतीको सुन्दर त्यो संसार तिमीले किन ढाल्यौ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *