प्रेम गर्नु न त कुनै पाप हो
न त कुनै अभिशाप हो
एकअर्काबीच आपसी सम्बन्ध
प्रेम त यौटा पूर्ण विश्वास हो ।
पश्चाताप
ठूला, ठूला आवाज निकाली रोएर
के गर्नु आँसुका धाराले मुहार धोएर
जवानीमा धोका दिएको घाउ त आलै छ
क्षमा मागेर के गर्ने ऐले खुट्टा छोएर !
प्रतिविम्ब
तिम्रो यौवन गिन्नीमा हीरा झैँ टल्केको छ
तिम्रो मुहारमा यौनको प्यास झल्केको छ
सम्हाल्नु जवानीका उमङ्ग र तरङ्गहरूलाई
हिजो आज बैँस चोर्न चोर पल्केको छ
पकनाजोल, काठमाडौँ
