Skip to content


आज देश हाँसिरहेछ
एक्लो छ, बाँचिरहेछ ।
पारदर्शी पर्दाभित्र
नाङ्गो नाच नाचिरहेछ ।।

देश आज रोइरहेछ
अशान्तिले छोइरहेछ ।
घनघोर जङ्गलभित्र
चियाउने कोही रहेछ ।।

जान्ने बुझ्ने धेरै भए
कुन बाटो कहाँ गए ?
अल्झिएर नक्साभित्र
अस्तित्वको एउटा भए ।।

घोप्टिएर रुन खोज्दा
बिचार आ-आफ्नै रोज्दा ।
आफ्नै आँखा रित्तिएछ
तीर बनाएर घोच्दा ।।

अंशबण्डा गर्दैछौं रे !
ढुकुटी नि भर्दैछांै रे !
दुबै हात थाप्दाथाप्दै
रित्तिएर मर्दैछौं रे !

धनकुटा-३, आत्मारा
धनकुटा बहुमुखी क्याम्पस

Leave a Reply

Your email address will not be published. Required fields are marked *