मैले यति खुसी पाएँ मैले मेरो द्यौताबाट
मागे जति खुसी पाएँ मैले मेरो द्यौताबाट ।
सुख-शान्ति, माया-प्रीति सम्पन्नता न त बढी
न त घटी खुसी पाएँ मैले मेरो द्यौताबाट ।
यौटा घाम आकाशमा, अर्को देख्छु धरतीमा
सोचे कति खुसी पाएँ मैले मेरो द्यौताबाट ।
फूल मागैँ फूल पाएँ, जून मागे जून पाएँ
अति अति खुसी पाएँ मैले मेरो द्यौताबाट ।
