Skip to content


लगाइदिँदैमा त्यो कर्के आँखा फुरुङ्ग हुन्छ यो मन
अलिकति स्पर्श गर्‍यौ भने त झन जरुङ्ग हुन्छ यो मन

मसक्क मस्किएर मुसुक्क हाँसिदियौँ भने त झन्
आहा! परक्क मुन्टो बटारे त खत्तम भर्‍याङ भुरुङ्ग हुन्छ यो मन

भेटै भैदियो दैवसञ्जोग एकान्तमा भने त झन्
अलिकति कोट्याए पनि सर्‍याङसुरुङ्ग हुन्छ यो मन

कहिले कतैँ हुँदा भेट सधैँ भैदिए झैं लाग्ने
सर्‍यौ बसाइँ अन्तै भन्दा खर्‍याङखुरुङ्ग हुन्छ यो मन

लगाइ दिदैँमा त्यो कर्के आँखा फुरुङ्ग हुन्छ यो मन
अलिकति स्पर्श गर्‍यौ भने त झन् जुरुङ्ग हुन्छ यो मन

Leave a Reply

Your email address will not be published. Required fields are marked *