Skip to content


आफ्नै मनको भर नभए अरू कसको भर हुन्छ ?
सँगै हिँड्ने छायासँग पनि पलपलमा डर हुन्छ

बग्दै जाने पानीलाई पनि एउटा किनारा चाहिन्छ
जिन्दगीको यात्रामा कोही कसैको सहारा चाहिन्छ
विश्वासै तोडियो भने कहाँ बास कहाँ घर हुन्छ ?
आफ्नै मनको भर नभए अरू कसको भर हुन्छ ?

जोड्दै गए विश्वासका हातहरू जुट्दै जान्छन्
छोड्दै गए सम्बन्धका साथहरू छुट्दै जान्छ
मेटियो भने चिनारी आफ्नो कहाँ नाम कहाँ थर हुन्छ ?
आफ्नै मनको भर नभए अरू कसको भर हुन्छ ?

जिउन मन लागे आफ्नै ढङ्गमा सुखैले जिउन सकिन्छ
पिउन मन लागे चाहे जति खुसीले पिउन सकिन्छ
जिन्दगी आफ्नै हो भने त्यहाँ अरूको के कर हुन्छ ?
आफ्नै मनको भर नभए अरू कसको भर हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *